कोरोना संक्रमित नर्स एक महिना देखि बिदामा : मनमोहन अस्पताल
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज संक्रमण पुष्टि गरेको ४ स्वास्थ्यकर्मीमध्ये एक डाक्टर र तीन जना नर्स रहेका छन् । मनमोहन मेमोरियल अस्पतालका निर्देशक डा.धर्मदत्त सुवेदीले आफ्नो अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
सुनसरी इनरुवा घर गई काठमाडौं फर्किएकी उनी एक महिनादेखि अस्पताल नआएको उहाँले बताउनुभयो । बाँकी तीन जना काठमाडौं मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् । जसमा एक डाक्टर र दुई जना नर्स रहेका छन् । कुनै पनि लक्षण नदेखिएकी संक्रमित नर्सलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको पनि उहाँले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत