संक्रमित गर्भवती धादिङ, सिद्धलेख गाउँपालिकाकी, पाटन अस्पताल लगिदै
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत कोराना संक्रमित गर्भवती धादिङ सिद्धलेख गाउँपालिकाकी वडा नं २ की रहेकी छिन् । गर्भवतीलाई आजै कोरोना पोजेटिभ पुष्टि भएको थियो । ३८ हप्ते गर्भवती २२ वर्षकी रहेकी छन् ।
संक्रमित महिला ६ दिन अगाडि ज्वरो आई अस्पताल भर्ना हुनुभएको थियो । परीक्षणका क्रममा ति महिलालाई पिसाबको पनि संक्रमण भएको पाइएको थियो । स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गर्न खोज्दा गर्भवतीले घाँटी पनि दुख्न थालेको बताएपछि कोरोनाको शंकामा पीसीआर परीक्षण गरिएको थियो आज संक्रमण पुष्टि भयो अस्पतालका निर्देशक प्रा.डा.जागेश्वर गौतमले भन्नुभयो ज्वरो आएको बिरामी भएकाले हामीले पूर्ण सावधानी अपनाई उहाँलाई छुट्टै कक्षमा राखी उपचार गरेका थियौ ।
गर्भवतीलाई पाटन अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।
तपाईँको अभिमत