काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं ।काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले आज संक्रमण पुष्टि भएका २८८ संक्रमितमध्ये ४ जना मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको जानकारी दिनुभयो ।
जसमा तीन जना महिला र एक पुरुष हुनुहुन्छ । संक्रमित महिलाहरु २४ देखि ३२ वर्षका रहेका छन् भने पुरुषको उमेर २८ वर्ष रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत