बाँके दुर्घटनामा मृत्यु तथा घाइते भएकाको रिपोर्ट कोरोना नेगेटिभ
बाँके । भारतको चन्डीगढ लगायत बिभिन्न स्थानमा काम गर्ने नेपालीलाई बोकेर बाँकेको नेपालगञ्जबाट दाङ आउदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु तथा घाइते भएका सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।
जेठ १८ गते राती ३३ जना नेपाली बोकेर आएको फोर्सको ट्राभलर बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । बसमा सवार ३३ जनाकै रिपोर्ट नेगेटिभ आएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । घाइते २१ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका अनुसार घाइतेमध्ये ६ जनाको टाउको र अनुहारमा गहिरो चोट लागेकाले लागेकोमा सबैको सिटि स्क्यान गरि इमरजेन्सी कक्षमा उपचार भइरहेको छ भने हातखुट्टा भाँच्चिएका १० जनाको शल्यक्रिया गरिएको छ । ४ जनाको हिप फ्याक्चर डिस्लोकेसन भएकाले उनीहरुको गम्भिर शल्यक्रिया गर्नपर्ने हुनसक्ने अस्पतालले जनाएको छ । कोरोना प्रभावित देशबाट आएकाका कारण ३३ जनाकै कोरोना परीक्षण गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत