धरानबाट १८ संक्रमित डिस्चार्ज, खुसी भएर नर्सलाई १००० भारू दिन खोजेपछि
धरान। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका सुनसरी झापाका १८ जना कोरोनामुक्त भइए डिस्चार्ज भएका छन्। सोमबार राति डिस्चार्ज हुनेमा सुनसरीकी ५१ वर्षीया महिला र झापाका १७ पुरुष छन्।
डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई रअस्पतालका चिकित्सक र स्वास्थ्कर्मीहरुले पुष्पगुच्छा दिई विदाइ गर्नुभएको थियो।
कोरोनामुक्त भएका अयुब मियाँले सरकार, चिकित्सक र नर्सहरुलाई धन्यवाद दिँदै खुसियालीमा एकहजार भारु सहयोग गर्न चाहनुभएको थियो। धरानका मेयर राईले झापाका सिडियोमार्फत उपचार कोषमा दिन सुझाव दिनुभयो।
मियाँले कोराना नियन्त्रणका लागि प्रत्येक नागरिकले सहयोग गरे सरकालाई सहज हुने बताउनु भएको थियो। प्रतिष्ठानमा हाल शंकास्पद पाँच जना र संक्रमित ८० जना रहेका छन्।
तपाईँको अभिमत