गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७, थप १० जनामा कोरोना पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाईरस राेग (कोभिड १९) संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले अहसले बिहान ०५:४५ बजे गर्नुभएकाे अद्याबधिक विवरण अनुसार , स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २० का १ जना पुरुष गरि स्याङ्जा जिल्लामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
यसैगरी पर्वत जिल्ला, फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १९, २० र २१ का ३ जना पुरुषमा समेत गरि पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । वहाँहरु सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।
हेल्थपाटी
तपाईँको अभिमत