एकैदिन ३१७ मा कोरोना पुष्टि, संक्रमितको संख्या १८९३ पुग्याे
कपिलवस्तुमा फेरी थपिए ४७ संक्रमित
काठमाडौं । कपिलवस्तुमा थप ४७ जनामा कोरोना भाईरस राेग (कोभिड १९) संक्रमणको पुष्टि भएको छ। योसँगै कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ३ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुकाे काेराेना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।
४७ जनामध्ये ४० जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र ७ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा संक्रमणको पुष्टि भएको छ ।
संक्रमित हरु रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीका रहेका थापाले जानकारी दिनुभयो । यो संगै नेपालमा संक्रमितको संख्या १८९३ पुगेको छ । हिजै गरिएको परीक्षणमा ३१७ जनामा कोरोना पुष्टि भएको हालसम्मकै एकैदिन थपिएका संक्रमितकाे उच्च संख्या हाे । यसअघि पटक –पटक गरि साेमबार २७४ जनालाई कोरोना पुष्टि भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत