२७४ संक्रमित एकैदिन थपिए, संक्रमितको संख्या १८४६ पुग्याे
कर्णाली प्रदेशमा थप ३५ मा कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना भाईरस राेग (कोभिड १९) संक्रमणको पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ३५ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
सुर्खेतमा १६, दैलेखमा ९, सल्यानमा ९ र अछाममा १ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या १८४६ पुगेको छ । २७४ जना हालसम्मकै एकैदिन थपिएका संक्रमितकाे उच्च संख्या हाे । यसअघि पटक –पटक गरि २३९ जनालाई कोरोना पुष्टि भइसकेको छ ।

हेल्थपाटी
तपाईँको अभिमत