मन्त्रालयका सचिवलाई अस्पतालमा दुर्व्यवहार, कोरोना प्रभावित क्षेत्रबाट आएको भन्दै अङ्ग्रेजीमा गाली
काठमाडौं । प्रदेश मन्त्रालयमा कार्यरत सचिवलाई नै संघीय राजधानीको एक प्रतिष्ठित अस्पतालका चिकित्सकले कोरोना प्रभावित क्षेत्रको व्यक्ति भनी दुर्व्यवहार गरेका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण्हरि पुस्करलाई ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा दुर्व्यवहार भएको सचिव पुस्कर स्वयंले जानकारी दिनुभएको छ।
पुस्करले आइतबार साँझ आफ्नो फेसबुकमा स्टाटस लेख्दै मेडिसिटी अस्पतालका प्रतिष्ठित डाक्टर सुनिल कुमार शर्मा ढकालले अपशब्द बोल्दै गाली र दुर्व्यवहार गरेको जानकारी दिनु भएको हो।
‘एक निजी अस्पतालका ठूलो डाक्टरसमेतले जनकपुरको मान्छे भनेपछि नराम्रोसँग ठाउँ-ठाउँमा अपमानित गरे’ उहाँले फेसबुकमा लेख्नुभएको छ ‘भेदभाव गरे, सार्है पीडा भो राम्रोसँग चेकजाँच पनि गरिदिएन’ आफूलाई डाक्टरले अंग्रेजी भाषामा कराउने, हप्काउने गरेको र आफूले नबुझेजस्तो गरी सहेर चुपचाप बसेको सचिव पुस्करले बताउनु भएको छ।
‘यो विषयहरु उपयुक्त समयमा उपयुक्त तरिकाले सम्बोधन हुनेछ भनेर विश्वास लिएको छु’ उहाले भन्नुभएको छ।
कोरोना प्रभावित क्षेत्रको र कोरोनाका सम्भावित लक्षण देखिएका बिरामी जाँदा निजी अस्पतालले अस्पतालमै नछिराउने र अपमानित गर्ने गरेको थुप्रै घटना सुन्दै आएको भएपनि नेपाल सरकारको विशिष्ट पदमा कार्यरत अधिकारीमाथि नै आफूलाई अब्बल दर्जाको दाबी गर्ने राजधानीको अस्पतालमै दुर्व्यवहार भएको हो।
तपाईँको अभिमत