आजै कर्णालीमा ३२ मा कोरोना पुष्टि, संक्रमितको संख्या १६ सय ४५
काठमाडौं । आजै कर्णालीमा थप ३२ मा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ। यस अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा जुम्ला हिमाका ८ र सिन्जाका ९ तथा दैखेखका २४ जना र जिल्ला प्रहरी कार्यालयका २ जना प्रहरी सहित ४३ जनालाई कोरोना पुष्टि भएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकाे सूचना अनुसार, प्रदेश अस्पताल, सुर्खेत/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ३२ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु दैलेख, सल्यान, सुर्खेत, जुम्ला जिल्लाका छन् । कर्णाली प्रदेशमा संक्रमित थपिएसँगै देशभर १६ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत