कर्णालीमा २ प्रहरी सहित थप ४३ लाई कोरोना पुष्टि, देशभर संक्रमितको संख्या १६१३
अ +
अ -
जुम्ला । कर्णाली प्रदेशको जुम्ला र दैलेखमा थप ४३ जनालाई कोरोना भाइरस रोग(कोभिड १९) को पुष्टि भएको छ । आइतबार राती १०:१५ बजेको अद्यावद्यिक अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा जुम्ला हिमाका ८ र सिन्जाका ९ तथा दैखेखका २४ जना र जिल्ला प्रहरी कार्यालयका २ जना प्रहरी सहित ४३ जनालाई कोरोना पुष्टि भएको हो ।
यो संगै कर्णालीमा संक्रमितको संख्या १६६ पुगेको छ । यस्तै पाल्पामा पनि ३ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।यो समाचार तयार पार्दासम्म देशभर संक्रमितको संख्या १ हजार ६१३ पुगेको छ । ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २२० जना कोरानामुक्त भई डिस्चार्ज भएका छन् ।

हेल्थपाटी
तपाईँको अभिमत