कोरोनाबाट बच्न खोज्दा बस दुर्घटनामा ११ को ज्यान गयो, २२ घाइते
काठमाडौं । भारतमा तिब्र गतिले कोरोना फैलन थालेपछि दिनदिनै भारतबाट नेपलीहरु फर्कोक्रम जारी छ । यसै क्रममा बाँकेको राप्तीसोनारी ठुलो दुर्घटना भएको छ । भारतबाट नेपाल फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक (फोर्सको ट्राभलर् बस ) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रदेशप्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिनुभयाे। दुर्घटनास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ ।
नेपालगञ्जबाट सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको र ११ जनाको घटनास्थलमै मृत्यु भएको एसएसपी बैदवारले बताउनुभयाे।
मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन। दुर्घटनामा परी २१ जना घाइते भएका छन्। घाइतेको भेरी अस्पताल नेपालगन्ज उपचार भइरहेको छ। गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ। ६ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता बैदवारले बताउनुभयाे।
हेल्थपाटी
तपाईँको अभिमत