तनहुँ र स्याङजामा थप ३ लाई कोरोना पुष्टि, संक्रमितको संख्या १४४९ पुग्यो
अ +
अ -
काठमाडौं । गण्डकी प्रदेशको तनुहँ र स्याङजा जिल्लामा गरि तीन जनालाई कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका अनुसार तनहुँ ऋषिङ गाउँपालिकाका २८ वर्ष र स्याङजा गल्याङका २७ र ४० वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ र देशभर १ हजार ४४९ जना पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत