क्वारेन्टाइनमै साढे छ वर्षीय बालकको मृत्यु

सांकेतिक तस्बिर
डडेल्धुरा । डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको आइतबार राति १२ बजे मृत्यु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयाे। बालकलाई जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
उहाँका अनुसार बालक आमाबाबुसँगै भारतको मुम्बइबाट आइतबार रातिडडेल्धुरा आएका थिए।
बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको थियाे । बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो।बुझिएको उनले बताए। ती बालक मलेरिया रोगबाट ग्रसित रहेको र मुम्बईस्थित एक अस्पतालमा उपचार गराएको बुझिएको छ।
उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने अस्पतालले जनाएकाे छ ।
हेल्थपाटी
तपाईँको अभिमत