कर्णालीमा एकैदिन थप ५९ जनालाई कोरोना पुष्टि
देशभर संक्रमितको सख्या १४४६ पुग्यो
सुर्खेत । कर्णाली प्रदेशमा एकैदिन ५९ जनामा कोरोनाभाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा थप ३ वटा नयाँ जिल्ला कालिकोट,सल्यान र बाजुरा सहित दैलेख र सुर्खेतमा गरि एकैदिन ५९ जनामा कोरोाना पुष्टि भएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको शनिबार बेलुकी ९ः४५ बजेको अद्यावधिक अनुसार प्रदेश अस्पताल सर्खेत तथा पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बनगाड कुपिन्डेका ११ देखि ६० वर्षका २५ जना पुरुष र बहरातालका ४ वर्षकी महिलालाई कोरोना पुष्टि भएको छ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका २० देखि ५० वर्ष उमेरसम्मका १७ जना पुरुष,बाजुरामा ४० वर्षका एकजना पुरुष र दैलेख दुल्लुका ३५ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको छ ।
यस्तै दैलेखकै नारायण नगरपालिकाका २० देखि ५० वर्ष उमेरसम्मका १४ जना पुरुषलाई कोराना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीमा मात्रै कोरोन संक्रमितको संख्या १०५ पुगेको छ । नेपालमा संक्रमितको संख्या १ हजार ४४६ पुगेको छ । हालसम्म ७ जनाको मृत्यु भएको छ भने २१९ निको भएर घर गएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत