विश्वभर २५ लाख ६२ हजारले जिते काेराेना (दस देशको तालिकासहित)
३ लाख ६८ हजार ७११ को मृत्यु
काठमाडौं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५४ हजार १८७ संक्रमित हुँदा २५ लाख ६२ हजार १९१ निको भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म ३ लाख ६८ हजार ७११ को मृत्यु भइसकेको छ । आइतबार बिहानसम्मको तथ्यांकअनुसार अमेरिकामा सबभन्दा बढी १७ लाख ६९ हजार ७७६ मा संक्रमण पुष्टि भएको छ। त्यस्तै ४ लाख १६ हजार ४६१ निको भइसकेका छन् भने १ लाख ३ हजार ७५८ ले ज्यान गुमाएका छन्।
यसैगरी ब्राजिलमा ५ लाख बराबर संक्रमित भेटिएका छन्। हालसम्म ब्राजिलमा ४ लाख ९८ हजार ४४० संत्रमित भेटिएका हुन्। जसमध्ये २ लाख ८९२ ले स्वास्थ्यलाभ प्राप्त गरेका छन् भने २८ हजार ८३४ को ज्यान गएको छ। ब्राजिलपछि रुसमा धेरै संक्रमित देखिएका छन्। हालसम्म रुसमा ३ लाख ९६ हजार ५७५ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये ४ हजार ५५५ को मृत्यु भएको छ भने १ लाख ६७ हजार ४६९ निको भएका छन्।
पछिल्लो समय संक्रमण दर घटेको बेलायतमा हालसम्म २ लाख ७४ हजार २१९ मा भाइरस संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये १ हजार १७३ निको भएका छन् भने ३८ हजार ४५८ ले ज्यान गुमाएका छन्।
कोरोनाबाट बढी संक्रमित हुने दस देशको आँकडा

हेल्थपाटी
तपाईँको अभिमत