अमेरिकामा दुईमुख भएकी दुर्लभ शिशुकाे जन्म
१२० वर्षमा ३५ जना
काठमाडाैं । अमेरिकाको साउथ कारोलिनामा दुई मुख भएकी शिशुको जन्म भएको छ । ६ महिना अघि जन्मिएकी छोरीको सफल शल्यक्रिया भएको छ । दुईमुखे शिशुको जन्म ६ महिना अगावै भएपनि शल्यक्रिया भएपछि मात्रै सार्वजनिक गरिएको हो ।
जन्मदा शिशु पूर्ण रुपमा स्वस्थ रहेको र श्वासप्रश्वासमा कुनै समस्या नरहेको चिकित्सकहरुले बताएका छन् । फलोअपका रुपमा डाक्टरहरुले ६ महिना पुगेपछि शल्यक्रिया गरि ट्युमर निकालेका छन् । अहिले शिशुको मुखको केही भाग सुन्निएको छ रपनि खाना सजिलै खान सक्छिन् ।
शिशुकाे शल्यक्रिया पश्चातकाे तस्बिर
बीएमजी जर्नलमा मे १९ मा प्रकाशित रिपोर्टमा संसारमा नै दुइ मुखे शिशुको जन्म एकदमै दुर्लभ रहेको र १२० वर्षयताको मेडिकल इतिहासमा ३५ जना यस्ता शिशुको जन्म भएको उल्लेख गरिएको छ । चिकित्सहरुले यसलाई नक्कली मुख अर्थात् अनुहारका भागहरु वा कहिलेकाँही पूर्ण अनुहार उस्तै भएर प्रस्तुत हुन्छ भनी वर्णन गरेका छन् ।
यस्तो अवस्थालाई क्रानिफेसियल डुप्लिकेशन पनि भनिन्छ । यो केसमा डाक्टरहरुले आमाको गर्भावस्थाको तेस्रो महिनामा अल्ट्रासाउण्ड गर्दा शिशुको बंगारामा ठुलो समूह देखेका थिए,जहाँ हड्डीको ठाउँमा टिस्यू विकास भएको थियो । त्यति बेलाको प्रारम्भिक निदानमा जन्मजात सिस्ट र फाइबरस डिप्लेसिया रहेको भनिएको थियो जुन सामूहिक टेराटोमा हुन सक्छ र यो एउटा दुर्लभ ट्यूमर हो ।
यसमा विकसित अंगहरु वा टिशुहरु जस्तै कपाल,मांशपेशी वा दाँतहरु जस्तै विकास हुन्छ । जन्मजात हुने यो समस्या के कारणले हुन्छ खुलाइएको छैन । एजेन्सी ।
तपाईँको अभिमत