कोरोनाका कारण थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ७ पुग्यो
दैलेखको क्वारेन्टाइनमा मत्यु भएका युवामा कोरोना पुष्टि

सांकेतिक तस्बिर।
काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएकf युवामा कोरोना भाइरस रोग (कोेभिड १९) को संक्रमण रहेको पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती युवकको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
दुल्लु नगरपालिका वडा नं. ७, पटांगिनी बजार, दैलेख स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा रहनुभएका दुल्लु नगरपालिका वडा नं. ११, खागितडा, दैलेख निवासी ३५ वर्षीय पुरुषमा कोभिड १९ संग सम्बन्धित लक्षणहरु नभएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा रहेका ती पुरुष आज बिहान ७ बजे एक्कासी ढल्नुभएको र केही समयमै वहाँको मृत्यु भएको थियो । मृतकको मृत्यु पश्चात कोभिड १९ को स्वाब संकलन गरी कोरोना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पठाइएको थियो ।
यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची र बाँकेमा एक/एक जना पुरुषको मृत्यु भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत