नर्सको नाम दर्ता परीक्षा स्थगित
अ +
अ -
काठमाडौं । असार २० गते हुने भनिएको नर्सको नाम दर्ता परीक्षा स्थगित भएको छ । नेपाल नर्सिङ परिषद्ले सूचना जारी गरि कोरोना भाइरस रोग(कोभिड १९)का कारण देश बन्दाबन्दीमा रहेकाले अर्काे सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ ।
परिषद्ले गत जेठ २ गते २५ औं नाम दर्ता परीक्षा सम्बन्धी सूचना निकालेको थियो तर लकडाउनका कारण परीक्षामा सहभागि हुन नसक्ने गुनासो नर्स विद्यार्थीहरुले गरेपछि परिषद्ले परीक्षा स्थगित गरेको हो । हाल देशभर ६० हजार ७९५ नर्स परिषद्मा दर्ता छन् भने ३३ हजार ७२४ अनमी र ८४४ विदेशी नर्स दर्ता छन् ।
हेल्थपाटी
तपाईँको अभिमत