दैलेखको क्वारेन्टाइनमा ३५ बर्षे पुरुषकाे मृत्यु
काेराेना रिपाेर्ट आउन बाँकी

सांकेतिक तस्बिर।
अ +
अ -
काठमाडौं । दैलेखको दुल्लुनगरपालिकाको क्वारेन्टाइनमा रहेका एक जना पुरुषको मृत्यु भएको छ । ३५ वर्षका पुरुषको आज विहान करिव साढे ८ बजेतिर मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिर प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ति पुरुषको स्वाब हिजो नै संकलन गरिएको थियो र उहाँको स्वास्थ्यमा पनि कुनै समस्या थिएन । आज बिहान एक्कासी मृत्यु भएको जानकारी आफुले पाएको रेग्मीले बताउनुभयो । स्वाब संकलन गरि कोरोना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत