विश्वभर ५९ लाख बढी कोरोना संक्रमित, ३ लाख ६४ हजारको मृत्यु
भारत नाै नंबरमा, संक्रमित हुने दस देश (तालिकासहित)

corona update world
काठमाडौं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५९ लाख १९ हजार बढी संक्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्व विद्यालयको तथ्यांकअनुसार हालसम्म ५९ लाख १९ हजार ३६४ व्यक्ति संक्रमित भएका हुन् ।
महामारीबाट सबभन्दा बढी आक्रान्त भएको मुलुक अमेरिकामा १७ लाख ४५ हजार ६०६ संक्रमित भइसकेका छन् । जसमध्ये ४ लाख ६ हजार ४४६ निको भएका छन् । त्यस्तै १ लाख २ हजार ७९८ को मृत्यु भएको छ ।
अमेरिकापछि ब्राजिलमा सबभन्दा बढी संक्रमित भेटिएका छन् । हालसम्म ब्राजिलमा ४ लाख ६५ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये १ लाख ८९ हजार ४७६ निको भएका छन् भने २७ हजार ८७८ ले ज्यान गुमाएका छन् ।
ब्राजिलपछि रुसमा ३ लाख ८७ हजार ६२३ संक्रमित भेटिएका छन् । जसमध्ये ४ हजार ३७४ को मृत्यु भइसकेको छ भने १ लाख ५९ हजार २५७ निको भएका छन् ।
यसैगरी बेलायतमा २ लाख ७२ हजार ६०७ संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ३८ हजार २४३ को मृत्यु भएको छ भने १ हजार १७२ निको भएका छन् ।
यसैबीच भारत सबभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुने मुलुकको नवौँ स्थानमा पुगेको छ । टर्कीलाई उछिन्दै भारत नवौँ स्थानमा पुगेको हो ।
हालसम्म भारतमा १ लाख ७३ हजार ४९१ संक्रमित भेटिएका छन् । यो संख्या टर्कीभन्दा ११ हजार ३७१ ले बढी हो । संक्रमितमध्ये भारतमा ८२ हजार ६२७ निको भइसकेका छन् भने ४ हजार ९८० ले ज्यान गुमाएका छन् ।
टर्कीमा ४ हजार ४८९ ले ज्यान गुमाएका छन् । त्यस्तै १ लाख २५ हजार ९६३ निको भएका छन् ।
कोरानाबाट बढी संक्रमित हुने दस देश र आँकडा (तालिका)

हेल्थपाटी
तपाईँको अभिमत