‘कोराना श्रीमतीजस्तै भएकाले नियन्त्रण गर्न सकिँदैन' भनेपछि मन्त्री विवादित
जकार्ता । इन्डोनेसियाका एक मन्त्रीले कोरोना भाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएपछि विवादमा तानिनुभएको छ । ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोना भाइरसबारे अभिव्यक्ति दिनुभएपछि इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडी विवादित बन्नुभएको हो ।
यो अभिव्यक्तिलगत्तै सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उहाँको कडा आलोचना गर्दै आपत्ति जनाएका छन् । मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइनमार्फत उक्त अभिव्यक्ति दिनुभएको थियो ।
गत मंगलबार उहाँले सम्बोधनको क्रममा भन्नुभएको थियो, ‘के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईँले यससँगै ज्यून बानी पार्नुपर्ने हुन्छ ।’
महिला अधिकारकर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भर्त्सना गरेका छन् । इन्डोनेसियन सरकारले सामाजिक दूरी कायम राख्न ३ लाख ४० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । कोरोना संक्रमितको संख्या २४ हजार पुगेको छ भने १ हजार ४ सय ९६ जनाको मृत्यु भइसकेको छ। एजेन्सी
हेल्थपाटी
तपाईँको अभिमत