कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो : स्वास्थ्य मन्त्रालय
काठमाडौं । भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटैमा मृत्यु भएका एक युवकमा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । अहमदाबादबाट नेपाल आउदै गर्दा भारतको डुम्रियागञ्जमा जेठ १० गते मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ ढिकुराका ३४ वर्षका युवकको रिपोर्ट हिजो पोजेटिभ आएको थियो ।
युवकको अन्त्येष्टि गरिएको ५ दिनपछि रिपोर्ट पोजेटिभ आएको पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मृतकको स्वाब जेठ ११ गते नै संकलन गरि प्रादेशिक प्रयोगशाला बुटवल पठाइएकोमा हिजो मृतकको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिनुभयो ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले नेपाल आउदै गर्दा बाटैमा मृत्यु भएका ति युवकलाई कपिलवस्तु सिमाबाट संगै आउने साथीले अर्घाखाँची ल्याएका थिए र परिवारको सहमतिमा शव गाडेका थिए ।
ती युवकसंगै आएका सबैजना क्वारेन्टाइनमा रहेको उहाँले बताउनुभयो । यसअघि सिन्धुपाल्चोककी एक महिला, गुल्मी, ललितपुर, बाँके र बारामा कोरोनाका कारण मृत्यु भएको थियो ।
तपाईँको अभिमत