कोरोना संक्रमितलाई आइसोलेसन लान खोज्दा झडप, १० राउण्ड हवाई फायर
रौतहट । रौतहटमा कोरोना संक्रमितलाई अन्यत्र लैजान खोजेको भन्दै प्रहरी र स्थानीयबीच झडप भएको छ। इशनाथ नपा ७ को जोकहामा रहेको अनवारुल इस्लामिक मदरसामा बनाइएको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार संक्रमण पुष्टि भएको थियो।
कोरोना संक्रमित भएका दुवैजनालाई उपचारका लागि जिल्ला कै गरुडास्थित प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउन शुक्रबार बिहान चिकित्सक र सुरक्षाकर्मीको टोली पुग्दा विवादले उग्ररुप लिएपछि झडप भएको बताइएको छ।
स्थानीयले कोरोना संक्रमितलाई जोकाहामा नै राखेर उपचार गर्नुपर्ने माग राख्दै विरोध गरेका थिए । संक्रमित रहेको स्थान जोकाहाबाट गरुडास्थित प्रहरी विद्यालय करिब २५ किलोमिटर टाढा रहेको छ । स्थानीयले जोकाहामै रहेको क्वारेन्टाइनमा राखेर संक्रमितको उपचार गर्न माग गरेपछि विवाद हुँदा झडप भएको बताइएको छ।
स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड भन्दाबढी हवाइ फायर गरेको छ।
तपाईँको अभिमत