औषधि उद्योगलाई राहत : मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा छुट
अ +
अ -
काठमाडौं । सरकारले औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको पैठारीमा मूल्य अभिवृद्धि कर छुट दिने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संयुक्त सदनमा पेश गर्नुभएको आर्थिक वर्ष २०७७\०७८ को बजेटमा पैठारीमा मूल्य अभिवृद्ध कर छुट दिई त्यस्ता वस्तु स्वदेशी उद्योगबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्था मिलाइएको छ ।
यसैगरी आयुर्वेदिक औषधीको कच्चा पदार्थको भन्सार महसुल पनि घटाइएको छ । सेनिटाइजरको कच्चा पदार्थको रूपमा प्रयोग हुने आन्तरिक उत्पादनको इथानोल तथा पीपीईमा अन्तःशुल्क छुट दिइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत