स्याङ्जामा थप ३ जनामा कोरोना पुष्टि
अ +
अ -
काठमाडौं। स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस राेग कोभिड १९ को संक्रमण पुष्टि भएको छ । वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । निर्देशनालयलका अनुसार गण्डकी प्रदेश, स्याङ्जा जिल्ला वालिङ ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला समेत गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सबैलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको निर्देशनालयले जनाएकाे छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

हेल्थपाटी
तपाईँको अभिमत