ललितपुरमा कोरोनाका कारण एक जनाको मृत्यु, प्रहरीद्वारा पुष्टि
काठमाडौं। ललितपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । याे संगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ। ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५६ वर्षका पुरुषको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका २२, बुङ्मतिका स्थानिय बासिन्दा ५६ वर्षका पुरुष कलेजोमा समस्या भएपछि गत जेठ १२ गते किस्ट अस्पताल भर्ना हुनुभएको थियो । किस्ट अस्पतालमा भर्ना भएका उहाँको स्वाब संकलन गरिएर परीक्षणका लागि टेकु पठाइएकोमा नतिजा पोजेटिभ आएको एसएसपी राईले बताउनुभयो । नेपालमा यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ९०२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत