एकैदिन संक्रमितकाे संख्या तीन अंकमा, ११४ जना, कुन जिल्लामा कति
रुकुम पूर्व सहित ४७ जिल्लामा फैलियो संक्रमण

HDOC
काठमाडौ । आज पूर्वि रुकुम, दाङ, सप्तरी, रौतहट, बाग्लुङ, बाँके,सिरहा,मकवानपुर र बारामा गरि एकैदिन ११४ जनालाई कोरोना भाइरस रोग (कोभिड – १९)को पुष्टि भएको छ । आज देखिएका संक्रमितहरु सबै देशका विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । जसमा पुरुष ७९६ र महिला ९० जना रहेका छन् । दिउसो ४ बजेसम्मको अद्यावधिक गरिएको तथ्यांक अनुसार आज तेहेरो अंकमा संक्रमित थपिएका छन् । परीक्षणको नतिजा आउने क्रम चलिरहेकाले आज संक्रमितको संख्या अझै थपिन सक्ने देखिएको छ ।
आज संक्रमण पुष्टी भएकाहरु
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान धरानमा गरिएको परीक्षणमा ११ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमा सप्तरी बोडे बसाईका १८ देखि ५६ वर्षका ८ जना पुरुष, सप्तरी बाहुनविलाईका २ जना पुरुष र सप्तरीकै सुरङग गाउँपालिकाका २९ वर्षका एक जना पुरुष हुनुन्छ ।
यस्तै कोसी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १७ जनालाई कोरोना पुष्टि भएको छ । जसमा झापा कौरादह नगरपालिकाका २६ र ४१ वर्षका पुरुष तथा झापा कचनकवल नगरपालिकाका १९ देखि ५७ वर्षसम्मका १५ जना पुरुषलाई संक्रमणको पुष्टि भएको छ ।
यसैगरी हेटौडाको किटजन्य केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमा हेटौडा १ मकवानपुरकी २५ वर्षकी महिला तथा रौतहट गढीमाई नगरपालिकाका १७ देखि २९ वर्षका पुरुष हुनुहुन्छ ।
पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ जनामा कोरोना पुष्टि भएको छ । तमानखोला ४ का २१ वर्षका २ र २७ वर्ष २ जना पुरुष हुनुहुन्छ । यस्तै बाग्लुङ बडी गाँउपालिकाका १९ र २० वर्षका पुरुष हुनुहुनुन्छ ।
यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । रुकुम पूर्व उथाउत्तरगंगा गाउँपालिकाका १ जना महिला सहित ३ जनामा कोरोना पुष्टि भएको छ । उहाँहरु १५ वर्षकी महिला तथा १८ र २३ वर्षका पुरुष हुनुहुन्छ ।
यसैगरी दाङका १५ जनालाई कोरोना पुष्टि भएको छ । जसमा दाङ घोराहीका २४ देखि ४२ वर्ष उमेरका ७ जना पुरुष तथा लमहीका २४ देखि ४२ वर्षउमेरका १ महिला सहित ८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १६ जनामा पोजेटिभ आएको छ । जसमा बाँके दुधुवामा २१ र ३० वर्षका २ जना पुरुष ,बाँके राप्तीसोनारी गाउँपालिकाका १९ देखि ४९ वर्ष उमेरसम्मका ७ जना पुरुष,बैजनाथ गाउँपालिकाका २४ देखि ४६ वर्षउमेर सम्मका ६ जना पुरुष र खजुराका २९ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनालाई कोरोना पुष्टि भएको छ । सिराहा सिद्धिचरणका ३९ वर्षका पुरुष,सिराहा स्थायी ठेगाना भएको तर हाल रुपनी सप्तरीमा रहदै आउनुभएका ३५ वर्षका पुरुषलाई पनि कोरोना देखिएको छ ।
यसैगरी बारा चौतारा नगरपालिकाका ७ जनालाई कोरोना पुष्टि भएको छ । जसमा ५२ वर्षकी एक जना महिला हुनुहुन्छ भने २२ देखि ४० वर्षउमेरका ६ जना पुरुष हुनुहुन्छ ।
यस्तै,रौतहटका तर हाल बारा पचौटामा बस्दैआउनुभएका ४१ वर्षका पुरुष,रौतहट गौरमा एक महिला सहित ८ जनालाई कोरोना पुष्टि भएको छ जसमा १८ देखि ३० वर्ष उमेरका व्यक्ति हुनुहुन्छ । रौतहट कटरीयाका २७ र ३६ वर्षका पुरुष,श्री जनता सेकेण्डरीमा गरिएको नमुना परीक्षणमा १४ जना जो १७ देखि ५० वर्षउमेर सम्मका हुनुहुन्छ । रौतहट मदरसाका १३ र ३५ वर्षका पुरुषलाई संक्रमणको पुष्टि भएको छ ।
संक्रमितको प्रादेशिक विवरण
हालसम्म ४७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कोरोनाबाट प्रदेश नम्वर २ अति प्रभावित भएको छ । प्रदेश नम्वर १ को ७ जिल्लामा १०३, प्रदेश नम्वर २ को ८ जिल्लामा ३२४, बागमती प्रदेशका ११ जिल्लामा १३, गण्डकी प्रदेशको ४ जिल्लामा १३, प्रदेश नम्वर ५को ९ जिल्लामा ३६५,कर्णाली प्रदेशको ३ जिल्लामा २५ र सुदुरपश्चिमका ५ जिल्लामा १७ जनालाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत