सप्तरीमा मृत्यु भएकी गर्भवतीमा कोरोना देखिएन
अ +
अ -
सप्तरी । अत्याधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित भई मृत्यु भएकी सप्तरीको कञ्चनरुप ११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलन गरि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट कोरोना नेगेटिभ आएको हो ।
मृतकको अन्त्येष्टि भइसकेको छ । स्वास्थ्यकर्मीको निगरानीमा परिवारका ४ जनाले पीपीई लगाएर मृतक गर्भवतीको दाहसंस्कार गरिएको थियो । उनलाई १० दिनदेखि ज्वरो खोकी र श्वासप्रश्वासको समस्या रहेपछि होम क्वारेन्टाइनमा राखिएको थियो । मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् ।
तपाईँको अभिमत