संक्रमित नर्सका पत्रकार श्रीमानलाई पनि कोरोना पुष्टि

अ +
अ -
काठमाडौ । बाँकेमा कोरोना संक्रमण पुष्टि भएका मध्ये एक जोडी श्रीमान पत्रकार र श्रीमती नर्स रहेको खुलेको छ। उहाँहरु नेपालगन्ज उपमहानगरपालिका–२ निवासी हुनुहुन्छ । गत ११ जेठमा नर्सलाई कोरोना संक्रमण भएको थियो । उनमा संक्रमण देखिएपछि उनका पति र छोरा छोरीको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो ।
पत्रकार रहनुभएका पतिलाई कोरोना संक्रमण रहेको सोमबार पुष्टि भएको हो । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । छोरा छोरीमा भने संक्रमण नदेखिएको जनाइएको छ।
तपाईँको अभिमत