बर्दियामा क्वारेन्टाइनमा एक पुरुषको मृत्यु

सांकेतिक तस्बिर।
अ +
अ -
गुलरिया । बर्दियाको गुलरिया नगरपालिका बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ । सूदुरपश्चिम प्रदेशको अछामबाट फर्किएर हिजोमात्रै क्वारेन्टाइनमा बसेका गुलरिया नगरपालिका ९ स्थित घर भएका ५५ वर्षका पुरुषको मृत्यु भएको हो । उहाँको आज बिहान ६:२० बजे उनको क्वारेन्टाइनमै मृत्यु भएको हो ।
कामका लागि अछाम पुगेका उनी जेठ ८ गते अछाम डोटी ,अत्तरिया हुँदै १३ गते बर्दिया प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । मृत्युको कारण भने खुलेको छैन । कोरोना परीक्षणका लागि उनको स्वाब निकालिएको र नतिजा आएपछि मात्र शवको व्यवस्थापन हुने प्रजिअ लामिछानेले जानकारी दिनुभयो । बर्दियामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत