मृतक गर्भवतीको अन्त्येष्टि, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

सांकेतिक तस्बिर
काठमाडौं । मंगलबार बिहान मृत्यु भएकी सप्तरीकी गर्भवती महिलाको स्वाब संकलन गरी अन्त्येष्टि गरिएको छ। सप्तरीको कञ्चनरुप–११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवती महिलाको स्वास्थ्यकर्मीको निगरानीमा परिवारका सदस्यले दाहसंस्कार गरेका हुन् ।
निगरानी गर्ने स्वास्थ्यकर्मी र अन्त्येष्टिमा सहभागी परिवारका ४ जनाले नै पीपीई लगाएका थिए।
१० दिनदेखि ज्वरो आइरहेको उनलाई श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मंगलबार बिहान उनको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उनलाई १० दिनदेखि ज्वरो आइरहेको थियो । उनको पाँच वर्षका जुम्ल्याहा छोरा, छोरी छन् । परिवारका सदस्यका अन्सार उनी हाल १८ साताकी गर्भवती थिइन् ।
कोरोना संक्रमणसित मिल्ने लक्षणहरु देखिएकोले उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। स्वाब परीक्षणको रिपोर्ट आउन ढिला हुने भएकाले नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले सुरक्षित रुपमा शव व्यवस्थापन गर्ने निर्णयअनुसार अन्त्येष्टि गरिएको बताइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत