हेटौंडाकी गर्भवती सहित ८ संक्रमित थपिए, संख्या ७८० पुग्याे
काठमाडौं । नेपालमा ८ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल घर भएकी एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । हेटौंडामा कोरोना जाँच गराउँदा उहाँमा कोरोना भाइरस पुष्टी भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।
कोरोना संक्रमण रहेको महिला गर्भवती रहेको श्रोतले जनाएको छ । संक्रमित महिलालाई भरतपुर अस्पताल पठाइएको हेटौडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले जानकारी दिनुभयो ।
यस्तै रौतहटमा थप ७ जनामा कोरोना पुष्टी भएको छ। जिल्लाको गढीमाई नगरपालिकाकाे क्वारेन्टाइनमा रहेका ७ जना पुरुषमा काेराेना संक्रमण श्रोतले जनाएको छ ।
हेटौंडास्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा रहेको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा र रौतहटको ८ सहित कुल संक्रमितको संख्या ७८० पुगेको छ । यसअघि हिजो मात्रै देशमा थप ९० वटा केश देखिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत