अस्पतालबाट भागेका सर्लाहीका संक्रमित घरमै भेटिए

सांकेतिक तस्बिर
अ +
अ -
जनकपुर। जनकपुरस्थित प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसनबाट भागेका कोरोना संक्रमित पुरुषलाई सर्लाहीमा फेला परेका छन्। शनिबार राति फरार भएका संक्रमित सर्लाही धनकौलस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्।
आइतबार राति अस्पतालको झ्याल फोडेर भागेका ४५ वर्षीय संक्रमित पुरुष खोजबिनका क्रममा सोमबार आफ्नै घरमा फेला परेका हुन् । उनलाई पक्राउ गरी सर्लाहीबाट फेरि उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याइएको धनुषाका प्रहरीले जनाएको छ। उनी भागेर पैदलै घर पुगेको प्रहरीले जनाएको छ। यसअघि पनि उनलाई पीसीआर परीक्षण गर्न स्वाब लिने क्रममा भागेपछि प्रहरीले नियन्त्रणमा लिइ पुनः आइसोलेसनमा ल्याएको थियो।
हेल्थपाटी
तपाईँको अभिमत