विश्वभर हाइड्रोक्सिक्लोरोक्विन परीक्षण बन्द : विश्व स्वास्थ्य संगठन
काठमाडौं । विश्व स्वास्थ्य संगठनले मलेरिया विरुद्धको औषधिलाई कोरोना भाइरस रोगको उपचारमा प्रयोग गर्न रोक लगाएको छ । जेनेभामा आयोजित मिडिया ब्रिफिङमा संगठनका महानिर्देशक डा.अधानोम टेड्रोसले मलेरिया विरुद्धको औषधि हाइड्रोक्सिक्लोक्विनको परीक्षण तत्कालका लागि बन्द गर्न विश्वलाई निर्देशन दिनुभयो ।
लान्सेट जर्नलमा प्रकाशित रिपोर्ट अनुसारहाइड्रोक्सिक्लोरोक्विनको औषधिको प्रयोग गर्दा मानिसको मृत्यु झन धेरै भएको र यसबाट झनै असर बढी देखिएकाले महानिर्देशक टेड्रोसले कुनैपनि देशलाई हाइड्रोक्सिक्लोरोक्विनऔषधिको परीक्षण नगर्न निर्देशन दिनुभएको हो ।
केही दिन अगाडि बेलायतमा यो औषधिको परीक्षण सुरु गरिएको थियो । बेलायतमा ४८ हजार स्वास्थ्यकर्मीलाई परीक्षणमा सहभागि गराई यो औषधिको प्रभावकारिताको जाँच गरिने भनिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट जोगिन आफुले हाइड्रोक्सिक्लोरोक्विनको औषधि प्रयोग गरेको र अन्य व्यक्तिले पनि यही औषधि प्रयोग गरे लाभादायिक हुने बताउदै आउनुभएको छ ।
जोन हप्कीन्स यूनिभर्सिटीको पछिल्लो अद्यावधिक अनुसार कोरोना भाइरस रोगको संक्रमणका कारण विश्वमा ५३ लाख मानिस बिरामी भइसकेका छन् भने ३ लाख ४४ हजार मानिसको मृत्यु भइसकेको छ । २० लाख भन्दा बढी संक्रमित निको भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत