ग्रुप च्याटमा विवाद हुँदा डाक्टरहरुबीच कुटाकुट (च्याट विवरणसहित)
वीरगञ्ज । ह्वाट्सएप ग्रुपमा भएको कुराकानीलाई लिएर वीरगंजका चिकित्सकबीच कुटाकुट भएको छ ।
कोरोना संक्रमितको उपचारमा खटिरहेका चिकित्सकलाई वीरगंजकै एक चिकित्सकले ह्वाट्सएप ग्रुपमा जथाभावि लेखेको भन्दै विवाद भएपछि चिकित्सकहरुबीचमा नै हात हालाहाल भएको हो ।
एनएमए नारायणी जाेनल ब्रान्च नाम भएकाे ह्वाट्सएप ग्रुपमा भएको कुराकानीका विषयमा छलफल गर्न आदर्शनगरमा रहेको नगरसभागृहमा दुबै समूहका चिकित्सकहरु भेला भएको र त्यही हातपात भएको बुझिएको छ ।
नारायणी अस्पतालमा कार्यरत डा.उदयनारायण सिंह, डा.दीपक चौरसिया र डा.साहबुद्दिन र डा.मधुरन्जन सिंह पक्षबीच हात हालाहात भएको हो ।
कुटपिटबाट डा.दीपक चौरसियालाई चोट लागेको छ भने अन्य सामान्य रहेको बुझिएको छ । डा.मधुरन्जन नेशनल मेडिकल कलेजमा कार्यरत छन् ।
यता डा. मधुरञ्जनले भने नारायणी अस्पतालका चिकित्सकहरुले अनाहकमा आफ्नाे नाम मुछेको आराेप लगाएका छन् । घटनाकाे बारेमा साझासँग कुरा गर्दै डा.मधुरञ्जनले अनियमितता र बेथितिका बारे बाेल्दा आफूलाई नारायणीका केही चिकित्सकले बदनाम गराउन खाेजेकाे बताए । सामान्य कुराकानीलाई झडप भएकाे भनेर प्रचार गरिएकाे भन्दै उनले आक्राेस पनि व्यक्त गरे ।
कोरोना सन्त्रासका बेला चिकित्सकहरु बिरामीको उपचारमा केन्द्रित हुनुपर्नेमा आपसमै कुटाकुट गरेर बस्नु लज्जास्पद भएको नागरिक अगुवाहरुको भनाइ छ । साझा डेलीबाट साभार ।
यस्ताे छ ह्वाट्सएप ग्रुपमा भएकाे कुराकानी
हेल्थपाटी
तपाईँको अभिमत