टोखा र बुढानिलकण्ठ सहित देशभर ६७५ जनालाई कोरोना पुष्टि
काठमाडौं । काठमाडौं टोखा र बुढानिलकण्ठमा ३ जनालाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले भर्खरै सार्वजनिक गरेको ७२ जनाको अद्यावधिक रिपोर्ट अनुसार काठमाडौं टोखा नगरपालिका ३ र ६ का २७ र ४१ वर्षका पुरुषलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो । अर्का बुढानिलकण्ठ नगरपालिका ३ का ३७ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको हो ।
आज संक्रमण पुष्टी हुनेमा एक जना महिला र ७१ ज्ना पुरुष रहेका छन् । यस्तै आजै संक्रमण पुष्टि हुनेहरुमा धनुषा नगाइन नगरपालिका ३ का ३०,३१ र ४५ वर्षका पुरुष,कपिलवस्तु शिवराज नगरपालिकाका ४,५ र ६ का १९,२० र २३ वर्षका पुरुषहरु छन् ।
यस्तै बाराका २ ,रौतहट राजपुर फरहदवा २,६,८ र इशनाथ २ का १८ वर्षदेखि ५३ वर्षउमेर सम्मका २६ जना पुरुष, सप्तरी डाक्नेधरीका २२ ,२४ वर्षका पुरुष,बारा गढीमाई नगरपालिकाका १८ देखि ५९ वर्षउमेरका २१ जना पुरुष,दैलेख नारायण नगरपालिका ढुंगेधर गाउँपालिका ४ जना पुरुष र एक महिला तथा दैलेखकै गुराँस गाउँपालिकाका २ जना पुरुषलाई कोरोना भाइरस रोगको संक्रमण भएको छ ।
यो संगै देशभर हालसम्म ६७५ जनामा कोरोना पुष्टि भएको छ भने १०६ जना निको भएका छन् भने ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत