कोरोना उपचारका लागि ३ तहका अस्पताल, कस्ता बिरामी कहाँ लाने ?
काठमाडौं। नेपालमा कोरोना भाइरस रोगको संक्रमितको संख्या ६०८ पुगेको छ। जसमध्ये ८७ जना निको भइसकेका छन् भने ३ जनाले ज्यान गुमाएका छन्। सरकारले कोरोना बिरामीको उपचारका लागि लेभल-१, लेभल-२ र लेभल-३ गरी देशभर २८ वटा अस्पताल छुट्याएको छ।
लेभल-१ का अस्पताल १३ वटा छन्। जसमध्ये काठमाडौं उपत्यकामा २ वटा र उपत्यका बाहिरका १२ वटा अस्पताल रहेका छन्। लेभल–१ अस्पतालमा सामान्य लक्षण देखिएका जसमध्ये केहीलाई औषधिको समेत प्रयोग गर्न नपर्ने तथा आइसोलेट भएर बसेमा मात्र हुने खालका बिरामीलाई राख्ने भन्ने व्यवस्था छ। हालसम्म नेपालमा देखिएका अधिकांश संक्रमितहरु लेभल–१ अस्पतालले नै धान्ने खालका छन्।
लेभल-१ का अस्पताल

यस्तै लेभल–२ अस्पतालमा श्वास–प्रश्वासमा गम्भीर समस्या भई भेन्टिलेटरमा नै राख्नुपर्ने खालका बिरामीको उपचार गरिनेछ। त्यसैले लेभल–२ अस्पतालमा आईसीयू, भेन्टिलेटरसहितको आइसोलेसन हुनैपर्छ। यस्ता खालका अस्पताल देशभर १२ वटा रहेका छन्। काठमाडौं उपत्यकामा र उपत्यकाबाहिर अहिलेसम्म एक जना संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गरियो तर उहाँलाई बचाउन सकिएन। अर्की एक जना सुत्केरी महिलालाई भेन्टिलेटरमा नै राखेर उपचार गर्नुपर्ने अवस्थामा हुनुन्थ्यो तर समयमा उपचार नपाउदा उहाँको पनि मृत्यु भयो।
बाँकेमा एक जनाको क्वारेन्टाइनमै रहँदा मृत्यु भयो। अघिल्लो दिनसम्म स्वास्थ्यमाकुनै समस्या नरहेको भनिएकातीयुवाको मृत्युपछि उहाँलाई कोरोना संक्रमण भएको पुष्टि भयो। हालसम्म नेपालमा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। जसमध्ये २ जनालाई मृत्यु भएपछि मात्रै कोरोना संक्रमण भएको थाहा भयो भने एक जना गम्भीर भएपछि थाहा भयो।
लेभल-२ का अस्पताल

देशभर हाल लेभल ३ का तीनवटा अस्पताल छन्। जहाँ विशिष्टकृत शल्यक्रिया सेवा लगायत बहुविज्ञ सेवाहरु उपलब्ध हुनेछन्। काठमाडौं उपत्यकामा शिक्षण अस्पताललाई लेभल ३ अस्पतालका रुपमा राखिएको छ। अर्का लेभल ३ का २ अस्पतालहरु विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हुन्।
लेभल ३ मा अस्पतालमा शल्यक्रिया गर्नुपर्ने कोरोना संक्रमितजस्तै हातखु्टटा भाच्चिएको, ब्रेनमा समस्या रहेको, मुटुमा समस्या रहेको, गर्भवतीलगायतका विशेषज्ञ सेवा चाहिने कोरोना संक्रमितहरुको उपचार गर्नुपर्ने हुन्छ। अहिलेसम्म २ जना कोरोना संक्रमित लेभल–३ अस्पतालमा रहनुपर्ने पर्ने खालका पाइएको छ। एक जना मुटुमा समस्या र भएकी हेटौडाकी ५४ वर्षकी संक्रमित महिला जो शिक्षण अस्पतालको आइसीयू उपचाररत हुनुहुन्छ। उहाँको अवस्थामा केही सुधार आएको बताइएको छ।
लेभल-३ का अस्पताल

अर्का एक संक्रमित सर्लाहीका युवा जसको खुट्टा भाच्चिएको थियो। तर उहाँ काठमाडौं उपत्यकामा ६ घण्टा अलपत्र पर्नुभयो। पाटन अस्पतालमा बेड नभएको भन्दै ४ घण्टा एम्बुलेन्समै बस्नुपर्यो। टेकु अस्पताल लेभल–२ को भएको र संक्रमितको खुट्टा भाँच्चिएकाले सोहीअनुसार विशेषज्ञ सेवा नरहेको भनी त्यहाँ राख्न नसकिने अवस्था रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
शिक्षण अस्पतालका कोभिड व्यवस्थापन फोकल पर्सन डा.सान्तकुमार दासले अर्थाेसँग सम्बन्धित बिरामी रहेकाले अर्थाे विशेषज्ञसँग नै कुरा भएको र पछिको अपडेट आफूलाई थाहा नभएको बताउदै पन्छिनुभयो। पछि सो बिरामीलाई काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइयो। यस बिषयमा थप बुझ्न खोज्दा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमख डा. वासुदेव पाण्डेको फोन उठेन।
तुलसा घिमिरे
तपाईँको अभिमत