मास्कलाई ३० सेकेन्डमै भाइरसरहित बनाई पुन: प्रयाेग गर्न मिल्ने, नेपालीले बनाए मेसिन (भिडियो)
काठमाडौं । अहिले कोरोना संक्रमणका कारण विश्वमा नै सर्जिकल मास्कको अभाव छ। मास्कमै भाइरस रहन सक्ने भएकाले केही समय प्रयोग गरेर तुरुन्तै फाल्नु पर्ने हुन्छ। यसो गर्दा मास्कको अत्याधिक खपत हुने र बजारमा अभाव हुनसक्छ । एक नेपाली युवाले मास्कलगायत मेडिकल सामग्री तथा धुन र सेनिटाइजर गर्न नमिल्ने सामानलाई ‘डी इन्फेक्सन’ गरी पुनः प्रयोग गर्न मिल्ने डिभाइस बनाउनु भएको छ।
मेकानिकल इन्जिनियर सैलेन्द्रराज श्रेष्ठ यस्तो मेसिन बनाउनु भएको हो। हाल जापानको एक कम्पनीका कार्यरत बताउने ५ वर्षदेखि आफू डिन्फेक्सनको क्षेत्रमा काम गरेको जानकारी दिनुभएको छ। आफूले जानेको प्रविधिलाई नेपालको मेडिकल क्षेत्रमा उपयोग गर्न धेरैले आग्रह गरेपछि यस्तो डिभाइस बनाएको उहाँ बताउनु हुन्छ।
मेसिनमा यूभी लाइट र त्यसलाई परावर्तन गर्ने वस्तुहरुको प्रयोग गरी बनाइएको श्रेष्ठले जानकारी दिनुभयो। यस मेसिनमा मास्कलाई ३० सेकेन्ड मात्रै राखेपछि यो डिइन्फेक्सन हुने र पुन: प्रयो गर्न सकिने उहाँको भनाइ छ। मास्क मात्रै नभएर अन्य मेडिकल सामग्रीहरु, मोबाइल, अन्य विद्युतीय डिभाइसहरु लाई पनि यसमार्फत डिइन्फेक्सन गर्ने सकिने छ । श्रेष्ठका अनुसार आवश्यकता अनुसार यसलाई ठूला आकारमा पनि बनाउन सकिन्छ।
ठूला वा धेरे सामग्रीलाई एकै पटक डिइन्फेक्सन गर्न पूरा कोठामा पनि यही प्रविधि जडान गरी ‘डिइन्फेक्सन रुम’ बनाउन सकिने छ। अस्पताल, क्वारेन्टाइन, बैंकजस्ता क्षेत्रमा तत्काल यो डिभाइस प्रयोगमा ल्याउन सकिने उहाँले जानकारी दिनुभयो।
हेर्नुहोस् भिडियो

हेल्थपाटी
तपाईँको अभिमत