बाँके नैरनापुरमा संक्रमण अनियन्त्रित, गाउँपालिकाद्वारा सहयाेगकाे अपिल (पत्रसहित)

फाइल तस्विर
काठमाडौं । कोरोना संक्रमण नियन्त्रण अभियानमा स्थानियहरुबाट असहयोग गरेको र यसबाट संक्रमण नियन्त्रण बाहिर जाने अवस्था आएको भन्दै बाँके नैरनापुर गाउँपालिका कार्यालयले उच्चस्तरीय चिकित्सक टोलि सहितको थप सुरक्षाकर्मी पठाउन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको हस्ताक्षर सहितको पत्रमा अझै पनि भारतबाट आउनेको संख्या हजारौ हुने अनुमान गरिएको सन्दर्भमा संक्रमित र निजका परिवारलाई केही व्यक्तिहरुले उक्साउने र कोरोना भाईरसको बारेमा भ्रम सिर्जना गरी सुरक्षाकर्मी कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउन प्रयास गर्दा क्वारेन्टाईनबाट समुदाय स्तर सम्म संक्रमण फैलिने र स्थिति भयावह हुने सम्भावना देखिएको उल्लेख गरिएको छ ।
स्थिति नियन्त्रण भन्दा बाहिर जाने अवस्था देखिएकोले तत्काल उच्च स्तिरिय चिकित्सक टोली सहित थप सुरक्षाकर्मी परिचालन गरी नियन्त्रण कार्यलाई अगाडी बढाउने व्यवस्थाको लागि आग्रह गरीएको छ । हालसम्म नैरनापुर गाउँपालिकामा मात्रै ११४ जनामा कोरोना पुष्टि भइसकेको छ ।

सांकेतिक तस्बिर।
हेल्थपाटी
तपाईँको अभिमत