हेटौंडा अस्पतालका डाक्टर सहित ६६ जनाको स्वाब संकलन
आइसोलेसनमा राख्ने तयारी
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालका डाक्टर, नर्स, ल्याब टेक्निसिएन तथा कर्मचारीसहित ६६ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । छ दिनअघि हेटौंडाअस्पतालमा सामान्य उपचार पछि काठमाडौ रेफर गरिएको हेटौंडा-४ की एक महिलामा कोरोना पोजेटिभ देखिएपछि आज उनीहरुको स्वाब संकलन गरिएको हो।
दैनिक २ सय भन्दा बढी बिरामीको उपचार गर्दै आएको अस्पतालमा कोरोना फैलिएको हुन सक्ने आशंकामा परीक्षणका लागि स्वाब संकलन गरिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो । सबैको रिपोर्ट आजै अउन सक्ने बताइएको छ । अस्पतालबाट ६ दिन अगाडी रिफर गरिएकी बिरामीमा संक्रमण पुष्टि भएपछि अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्न हेटौँडा अस्पतालमा आकस्मिक बैठक समेत बसेको छ ।
हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा जारी बैठकले अस्पतालमा ती बिरामीसँग नियमित सम्पर्कमा रहेका करिब २० जना डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने राखिने हेटौँडा अस्पताल कोरोना युनिटका प्रमुख डाक्टर हरि खड्काले बताउनुभयो । अस्पतालले अहिलेसम्म १५० कर्मचारीमध्ये ६६ जनाको स्वाब संकलन गरी गरेर परीक्षणका लागि पठाइसकेको र बाँकीको आजै स्वाब पठाउने डाक्टर खड्काले बताउनुभयो ।
तपाईँको अभिमत