थप ३६ जनामा कोरोना संक्रमण, संख्या ५८४ पुग्याे : स्वास्थ्य मन्त्रालय
काठमाडौं । बैतडी,सुर्खेत,बर्दिया,बाँके र झापामा आजै थप ३६ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारीअनुसार सेती अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका ४ जना क्रमशः २०, २०, २२, २७, रहनु भएको छ।
राप्ति स्वास्थ्य विज्ञान पतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका मदरसाका ६ जना, जसमा १७ देखि ३२ वर्षसम्मका पुरुष रहनु भएको छ। बाँके नरेनापुर–३ कै राष्ट्रिय मावि गेगली क्वारेनटाइनमा रहेका १६ देखि ३२ वर्षसम्मका १५ जना पुरुष र बाँके नरैनापुर–१ राष्ट्रिय प्रावि माहतनीयामा रहनुभएका २२ देखि ५० वर्षका पुरुष हुनुहुन्छ।
यस्तै झापा डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षका पुरुष र बर्दिया बढैयाताल–७ का १९ वर्षीय पुरुष र सुर्खेतका दुई जना पुरुष र १ जना महिलामा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो । यसअघि आजै काठमाडौं,सर्लाही,चितवन,बारा ,कपिलवस्तु र रुपन्देहीमा गरि ३२ जनालाई कोरोना पुष्टि भएको थियो । दिउसो ४ बजेसम्म नेपालमा आज एकैदिन ६८ जनामा कोरोना पुष्टि भइसकेको छ ।
यो सहित नेपालमा हालसम्म ४० जिल्लाका गरि कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । जसमा पुरुष ५०४ र महिला ८० जना रहेका छन् । ७० जना निको भएर घर गएका छन् भने ३ जनाको
पछिल्लो २४ घण्टामा ३ हजार ४९४ को पीसीआर परीक्षण
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४९४ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ४५ हजार ९५७ जनाको परीक्षण भएको छ भने र्यापिड डायग्नोष्टिक टेस्ट(आरडीटि) बाट ८६ हजार २३५ जनाको परीक्षण भयो । २४ घण्टामा ४ हजार ११९ जनाले आरडीटिबाट परीक्षण गराए ।
काठमाडौं,बर्दिया झापा र विराटनगरका व्यक्ति रेडजोनमा
आज ३२ हजार ५८७ जना क्वारेन्टाइन र कोरोना पुष्टि भएका ५०८ जना आइसोलेसनमा बसिरहेको प्रवक्ता देवकोटाले बताउनुभयो । हालसम्म एप्लीकेशन मार्फत आफ्नो स्वास्थ्यबारे जानकारी गराएका मध्ये हालसम्म ४४४ जना रेड जोनमा परेका छन् । रेडजोनमा परेका कन्ट्याक्ट ट्रेसिङ गर्दा काठमाडौं,बर्दिया झापा र विराटनगरका व्यक्तिहरु रहेको उहाँले बताउनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत