मनमोहन कार्डियोभास्कुलरमा हेटौडाकी संक्रमित गम्भीर अवस्थामा
सीसीयू वार्ड सिल
काठमाडौं । कोरोना भाइरस रोगको पुष्टि भएकी मकवानपुर हेटौडाकी महिलाको शिक्षण अस्पतालमा गम्भिर अवस्थामा उपचार भइरहेको छ । मुटुको चालमा गडबढी आई ६ दिनअघि शिक्षण अस्पताल ल्याइएकोमा आज उनलाई कोरोना पुष्टि भएको हो ।
त्रिवि चिकित्साशास्त्र अध्ययान संस्थान(आइओएम) स्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू आइशोलेसनमा उपचार भइरहेको स्रोतले जानकारी दिएको छ । महिलालाई कोरोना पुष्टि भएपछि सीसीयू आइसोलेसन वार्ड सिल गरिएको छ । अहिले अस्पताल व्यवस्थापनको वैठक चलिरहेको र कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको स्रोतले जनाएको छ ।
५४ वर्षकी संक्रमित महिलाको स्थायी घर मकवानपुर हेटौडा ३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुटुको समस्या भई अस्पताल आएपनि निमोनिया देखिएपछि चिकित्सकहरुले कोरोना परीक्षण गर्न पठाएका थिए । अस्पतालमा अहिले पनि छलफल जारी छ। कोरोना संक्रमीत बिरामिलाइ गणेशमान भबनमा सार्ने तयारी भइरहेको छ ।
बिरामी ६ दिनदेखी भर्ना भएको हुनाले अधिकाश चिकित्सक तथा नर्सहरु सम्पर्कमा आएको हुन सक्ने भन्दै क्वारेन्टाइनको ब्यबस्था कसरी गर्ने भनेर निस्कर्श लगाउन अस्पतालमा आकस्मिक बैठक जारी छ।
हेल्थपाटी
तपाईँको अभिमत