टेकू अस्पतालको आईसीयूमा रहेका बिरामीको रिपोर्ट कोरोना नेगेटिभ
काठमाडौं । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा कोरोना भाइरस रोगको आशंकामा आईसीयूमा भर्ना गरिएका बिरामीमा कोरोना संक्रमण नरहेको अस्पतालले जनाएको छ । कोरोनासंग मिल्दोजुल्दो रहेको र स्वास्थ्यमा थप समस्या देखिएपछि आइसीयूमा भर्ना गरिएका ती बिरामीको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिनुभयो ।
आईसीयू उपचाररत उनी काठमाडौंकै रहेको उहाँले बताउनुभयो । हाल अस्पतालमा १ जना कोरोना संक्रमितको उपचार भइरहेको र उहाँको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । टेकू अस्पतलाबाट हिजो मात्रै ४ जना डिस्चार्ज भएका थिए । हालसम्म नेपालमा ४८७ जनामा कोरोना पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु भएको छ । आज नेपालगञ्जबाट २१ जना डिस्चार्ज भएसंगै निको हुनेको संख्या ६६ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत