बाँकेमा नर्सलाई पनि कोरोना संक्रमण, हालसम्म ६ नर्स संक्रमित

सांकेतिक तस्बिर
अ +
अ -
काठमाडौं । बाँकेमा पनि स्टाफ नर्सलाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । केहीबेर अघि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना नर्स रहेको स्रोतले जानकारी दिएको छ ।
खजुरा गाँउपालिका ३ की ४२ वर्षकी महिला नर्स रहेको खुल्न आएको छ । उहाँ गाउँपालिका स्वास्थ्य संयोजक रहेको स्रोतको भनाई छ । उहाँ सुरु देखिनै बाँकेमा कोरोना विरुद्धको लडाँइमा अग्र स्थानमा रही खटिनुभएको थियो ।
नेपालमा हालसम्म ६ जना नर्समा संक्रमण भएको छ । हालसम्म संक्रमितको संख्या ४५७ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत