प्रदेश ५ का सांसदसहित ११ जनाको आरडीटी पोजेटिभ
अ +
अ -
बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभाका दुई सांसदमा र्यापिड डोग्नोष्टिक टेस्टमा (आरडीटि) एन्डीबडी पोजेटिभ देखिएको छ । भोलीदेखि शुरु हुने बजेट अघिवेशन अघि गरिएको परीक्षणमा दुई सांसदलाई आरडीटिमा पोजेटिभ देखिएको प्रदेश सभाका एक सांसदले जानकारी दिनुभयो ।
उहाँका अनुसार आरडीटी पोजेभिट देखिने ११ जनामा दुई प्रदेशसभा सांसद, ८ जना सांसदका स्वकीय सचिव, सुरक्षा गार्ड र एक जना सचिवालयका कर्मचारीको रहेका छन्।
प्रदेशसभाले पीसीआर टेष्ट गर्ने किट अभाव भएको भन्दै आरडिटी गरिएको थियो । ८० जना सांसदको परीक्षण भएको छ । पोजेटिभ देखिएका सांसदहरुलाई क्वारेन्टाइनमा राखिएको पनि ती सांसदले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत