कोरोनाको उपचारमा मलेरिया विरुद्धको औषधिको परीक्षण सुरु

काठमाडौं । बेलायतमा मलेरिया रोग विरुद्धको औषधिलाई कोरोना भाइरस रोगको उपचारमा परीक्षण गरिएको छ । मलेरिया विरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वाइनको परीक्षणमा स्वास्थ्यकर्मीलाई सहभागि गराइएको छ । अक्सफोर्ड यूनिभर्सिटीको नेतृत्वमा भएको परीक्षणमा यूरोप,अफ्रिका,एसिया र दक्षिण अमेरिकाका ४८ हजार स्वास्थ्यकर्मीलाई औषधि प्रयोग गर्न दिईने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोरोनाका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई हाइड्रोक्सीक्लोरोक्वाइन औषधि प्रयोग गरि यसको प्रभावकारीता जाँच गर्ने जनाइएको छ । अनुसन्धान प्रमुख प्रोफेसर डा.निकोलस ह्वाइटले हाइड्रोक्सीक्लोरोक्वाइनले फाइदा गर्ने वा बेफाइदा यसको कुनै टुंगो छैन यद्यपी परीक्षण आवश्यक रहेको बताउनुभयो ।
केही समय अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट जोगिन आफुले हाइड्रोक्सीक्लोरोक्वाइन औषधि लिएको बताउनुभएको थियो । तर आफुखुशी यो औषधिको प्रयोग गर्न मेडिकलले कसैलाई पनि अनुमति दिएको छैन । एजेन्सी ।
तपाईँको अभिमत