कोरोना जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयमा आलोपालोमा काम हुँदै
अ +
अ -
काठमाडौं । आफु मातहतको चिकित्सकलाई कोरोना भाइरस रोगको पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधा कर्मचारीलाई घरमा नै बस्न निर्देशन दिएको छ । ३ दिन अघि इपिमिडियोलोजी तथा रोग नियणत्रण महाशाखाको एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि सतर्कता अपनाउदै मन्त्रालयले आलो पालो काम गर्नेगरि कर्मचारीलाई घरमा नै बस्न भनेको हो ।
कर्मचारी प्रशासन प्रमुख रघुराम विष्टले भीड कम गर्न उपसचिव तहभन्दा मुनिका कर्मचारीलाई एक दिन बिराएर ड्युटीमा आउने व्यवस्था मिलाएको बताउनुभयो । उहाँका अनुसार आलो पालो प्रणाली जेठ महिनाभर हुनेछ, अर्थात् अघिल्लो दिन एउटा टोलीले ड्युटी गर्छ र अर्को दिन अर्को टोली काममा आउँछ ।
विभिन्न बैठक तथा छलफलका लागि मन्त्रालयमा धेरै मानिसहरु आउने जाने गर्दथे ।
हेल्थपाटी
तपाईँको अभिमत