विश्वभर कसरी फैलियो कोरोना ? न्यूयोर्कदेखि नेपालसम्मको अवस्था

डाक्टर, नर्स, पुलिस, सेना, वकिल, पत्रकार, नेतालगायतमा कोरोना देखिनु भनेको महामारीको संकेत हो
कोरोना भाइरसको (कोभिड ( १९) आगोले एक दिन विश्वमा डढेकोलोको रुप लिन्छ भनेर यूरोप र अमेरिकीले सोचेका पनि थिएनन् होला । चीनमा कोरोनाको महामारी फैलदा यूरोपेली र अमेरिकी शेयर बजार उकालो अंकमा अगाडि बढ्दै थियो । रेष्टुरेष्ट, डान्सबार, सिनेमा हललगायत मानिसको ठूलो भिडभाड हुने क्षेत्र ब्यस्त रही पूर्णरुपमा खुलेका थिए । कोरोना भाइरसको कारण चीनमा मानिसहरुको मृत्यु भइरहेको समयमा विश्व जगतबाट चीनले सहयोग नभई सात्वना मात्र पायो । किनभने भाइरस चीनको हुवान प्रान्तबाट अरु राज्यमा फैलिएको थिएन । त्यसैले अमेरिका, फ्रान्स, बेलायत, रुस, भारतलगायत विश्वका शक्तिशाली राष्ट्रले यसलाई गम्भीरतापूर्वक लिएनन् ।
अमेरिकाका राष्टप्रमुख डोनाल्ड ट्रम्पले पनि भनेका छन्, “ विश्व स्वास्थ्य संगठनले यसअघिनै हामीलाई सचेत नगराएन भन्दै सहयोग रोक्ने चेतावनी नै दिए । सन् २०२० को फेब्रुअरी अन्तिमसम्म न्यूयोर्क स्वस्थ र ब्यस्त थियो । त्यसपछि न्यूयोर्कमानै यसले महामारीको रुप लिन्छ भन्ने कमैले कल्पना पनि गरेका थिए । कुरा मार्च १ तारिखको हो, आजभन्दा करिब तीन महिना अघि । जुन समय न्यूयोर्कमा पहिलो कोरोना भाइरसकेको केस देखियो । न्यूयोर्कका गर्भनर एन्ड्रयू क्युमोले ईरानबाट फर्किएका एक ३९ बर्षिय स्वास्थ्यकर्मीमा कोरोना भाइरससको संक्रमण देखिएको घोषणा गरे । यसलाई न्यूयोर्कका संचारमाध्ययमले ठूलै समाचार बनाए । त्यो समयसम्म न्यूयोर्कवासी खासै ठूलो त्रास थिएन । उनीहरु नियमितनै काममा गइ रहेको हुन्थे ।
अमेरिकाले इरानी र चिनिँया नागरिकलाई यात्रा प्रतिबन्ध लगायो । जसको कारण पनि हामीलाई डर अलि कम भयो । अमेरिकाले एक महिन अघि इरान र चीन भ्रमण गर्ने आफ्ना नागरिक र यात्रुहरुलाई पनि कडा निगरानीमा राख्यो । तर यूरोपेलीहरु भने निर्वाध रुपमा अमेरिका प्रवेश गरिरहेका थिए । न्यूयोर्क राज्यको वेस्टचेस्टर काउन्टीको न्यूरोचेलमा देखिएको कोरोना भाइरसको दोस्रो केसले धेरै न्यूयोर्कवासीलाई सचेत र भयभित बनायो । मार्च ३ तारिखमा न्यूरोचेलका एक ५० बर्षिय वकिलमा कोरोना भाइरस देखिएको पुष्टि भयो ।
दैनिक हजारौं संख्यामा मानिस आवत जाव त गर्ने न्यूयोर्ककको मुटु म्यानह्याटनको ग्राण्ड सेन्टर टर्मिनल नजिकको एक ल फर्मममा काम गर्ने ती वकिले पछिल्लो पटक कुनै अन्तराष्ट्रिय भ्रमण गरेका थिएनन् । कसरी उनलाई कोरोना भयो भन्ने त्यो खोजीको बिषय बन्यो । खोजी क्रममा यो पत्ता लाग्यो कि केही दिन अघि मात्र उनी फ्लोरिडाको मायामी भ्रमण गरेर फर्किएका थिए । त्यसपछि कोरोना भाइरस न्यूयोर्कममा मात्र हैन न्यूयोर्क बाहिर पनि पुगेको आशंका गरियो ।
ती वकिलको माध्यमबाट न्यूयोर्कमा कोरोना फैलिन थप बल पुग्यो । वकिललाई अस्पतालसम्म गाडीमा पुर्याउने उनका छिमेकीलाई पनि कोरोनाको पुष्टि भयो । वकिलका २८ बर्षिय छोरा १४ बर्षिय छोरी र श्रीमतिलाई पनि कोरोना भयो । वकिलका छोरा पढ्ने यासिवा यूनिर्भसिटी पनि सिल गरियो । छोरी पढ्ने स्कूल पनि केही दिनलाई बन्द गरियो । छिमेकीलाई पनि कोरोना देखिएपछि सिंगो न्यूरोचेलका हजारभन्दा बढी मानिसलाई घरमानै सेल्फ आइसोलेसनमा बस्न भनियो । त्यसपछि न्यूरोचेलमा घुम्ती सवारीमार्फत कोरोना परिक्षणलाई तीब्रता दिइयो ।
भ्यानह्याटको अतिनै ब्यस्त स्थानमा रहेको वकिलको कार्यलयका कर्मचारीको पनि कोरोना परिक्षण गरियो । न्यूरोचेलबाट भ्यानह्याटन चल्ने मेट्रो नर्थ ट्रेन पनि सरसफाइको लागि केही दिन बन्द गरियो । त्यो बेलासम्म न्यूयोर्कमा कोरोनाका थप केसहरु देखिन थालिसकेका थिए । यूरोपबाट फर्किएकाहरुमा पनि कोरोना देखिन लाग्यो ।
न्यूयोर्कका गभर्नरले अमेरिकालाई अब यूरोपबाट पनि उत्तिकै खतरा भएको संकेत गरे । त्यसलगत्तै राष्ट्रपति ट्रम्पले यूरोपेलीलाई पनि यात्रा प्रतिबन्ध लगाए । तर समयको रफ्तार अगाडि बडीसकेको थियो । कोरोना न्यूयोर्ककको वरिपरि राज्य न्यूजर्सी कनेक्टीकट हुदै करिब ५० राज्यमा फैलिसकेको थियो ।
तीन महिना अन्तरातलमा अमेरिकामा १६ लाखको हाराहारीमा कोरोना भाइरसका केस देखिसकेका छन् भने यसबाट करिब ९२ हजारभन्दा बढी अमेरिकीको निधन भइसकेको छ । न्यूयोर्कमा मात्र सर्वाधिक तीन लाख ६२ हजारको हाराहारीमा केस छन् । जसमा २८ हजारभन्दा बढीको निधन भइसकेको छ ।
यो ६० दिनको अवधिमा म घरमानै बसेर धेरै कुरा नियाली रहेको छु । अहिले फेरी नेपालमा पनि त्यस्तै अबस्था आउने हो कि भन्ने डर छ लगिरहेको । नेपालले हवाई उडान त बन्द भएको दुई महिना पुगे पनि भारतबाट सिधा प्रवेश पाउने स्थल मार्ग बन्द गर्नेतर्फ समयमानै ध्यान दिन नसक्दा कोरोनाको केस बढीरहेको छ । अमेरिकाले पनि इरान र चीनलाई त यात्रा प्रतिबन्ध लगायो तर यूरोपेलीलाई समयमानै रोक्न सकेन ।
हवाई उडान बन्द भएको यतिका दिन भइसक्यो अहिले एक, दुई हुदै नेपालमा कोरोना भाइरसको संख्या बढेको बढै छ । दुइ जनाको निधन पनि भइसक्यो । कसरी आयो यो कोरोना ? त्यसतर्फ ध्यान दिन जरुरी छ । भारतको बोर्डरबाट अझ पनि मान्छेहरु लुकीछिपी प्रवेश गरिरहेका छन् । काठमाडौं र शहरी गल्ली गल्लीमा मानिसहरुको अहिले पनि आवतजावत र जमघट हुन्छ । विश्वको शक्तिशाली देश अमेरिकामा त कोरोना नियन्त्रण बाहिर गयो भने नेपाललाई झन् कति खतरा छ त्यसो हामी अनुमान पनि लगाउन सक्दैनौ ।
डाक्टर, नर्स, पुलिस, सेना, वकिल, पत्रकार, नेतालगायतमा कोरोना देखिनु भनेको महामारीको संकेत हो । नेपालले बेलैमा फन्टलाइनमा काम गर्नेहरुको जाचलाई तीब्रता दिएन सकेन र भारतबाट लुकीछिपी आउनेलाई नियनत्रणमा लिन सकेन भने अमेरिका र इटली हैन नेपाल इक्वेडर बन्न नसक्ला भन्न सकिन्न । कोरोनाले महामारी रुप लिएपछि इक्वेडरमा विरामीको उपचारमा काम गर्ने नर्स, चिकित्सकजस्ता जनशक्तिको कामी भयो । अस्पतालका् अभावमा लास राख्ने ठाउ पाइएन ।
लासहरु गल्ली गल्ली र पेटीमा छरपस्ट छोडिए । मानिसहरु उपचार नपाएर घर घरमा मृत भेटिन थाले । लकडाउनको कारण भोकमारीले जनतामा उपचार त के खान समेत धौधौ पर्ने अबस्था आएको छ । गरिब राष्ट्र भएकोले सरकारले जनताले अत्याबश्यक सुविधा र उपचार गराउन सकेको छैन । हो, भोली हाम्रो राष्ट्रले पनि यस्तै ब्यथिति भोग्न नपरोस् त्यसतर्फ समयमानै सचेत हौ !
तपाईँको अभिमत