एकैदिन १ लाख संक्रमित, संख्या ५० लाख नजिक : विश्व स्वास्थ्य संगठन
अहिले सम्मकै उच्च
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोना भाइरस रोगका नयाँ बिरामी थपिदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका महानिर्देशक डा.अधानोम टेड्रोसले अति कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएको र महामारीको युद्धमा लामो समय जुध्नपर्ने देखिएको बताउनुभयो ।
जेनेभामा आयोजित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो,पछिल्लो २४ घण्टामा विश्वमा अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ ,एकैदिन १ लाख ६ हजार मानिस संक्रमित थपिए जुन महामारी सुरु भएदेखिकै अधिक संख्या हो । टेड्रोसले एकैदिन थपिएको संक्रमितमध्ये दुई तिहाई संक्रमित ४ वटा देशको रहेको बताउनु भयो तर कुन कुन देशका हुन् भन्नेबारे भने खुलाउनुभएन ।
यद्यपी अमेरिका,बेलायत,रसिया र ब्राजिलमा संक्रमितका संख्या बढिरहेको छ । डब्ल्यूएचओका आकस्मिक विभाग प्रमुख डा.माइक रियानले संक्रमितको संख्या ५० लाख नजिक रहेको र यो संख्या अझै बढ्ने बताउनुभयो । उहाँले मलेरिया विरुद्धको औषधि कोरोनाको उपचारमा प्रयोग गर्न रोक्नपर्ने बताउनुभयो । डब्ल्यूएचओको पछिल्लो अपडेट अनुसार कोरोना संक्रमणका कारण ३ लाख १८ हजार ९३५ को मृत्यु भइसकेको छ भने ४८ लाख १ हजार २०२ जनामा कोरोना पुष्टि भएको छ । विश्वका २१६ वटा देशमा संक्रमण फैलिसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत